राजबिराज, १३ जेठ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ मा बिहान करिब ३ बजेको समयमा आगलागी हुँदा २५ लाख बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय महेन्द्र कामैतको गोठ घरमा मच्छर धपाउन बालेको घुरबाट अचानक आगलगी हुदा निजकाे घर गाेठ लगायत निजकै रहेको उनकै ३ जना छोराहरुकाे घर, धनमाल, लत्ताकपडा, खाध्यान, भाडाकुडा लगायतको सम्पुर्ण समानहरु जलेर नष्ट भएको छ ।
आगलागीबाट महेन्द्र कामैतको घर र बाख्रा थान १ गरि करिब चार लाख बराबरको क्षति भएको छ भने निजको छोरा शंकर कामैतको घर र बाख्रा थान १ गरि पाँच लाख पच्चासि हजार, शत्रुधन कामैतको घर र बाख्रा थान १ गरि दश लाख पचास हजार र भरत कामैतको घर र बाख्रा थान १ गरी करिब पाँच लाख बराबरको क्षति भएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानिय बासिहरुको सहयोगमा २ घण्टा लगाएर बिहान ५ बजे नियन्त्रणमा आएको, अन्य थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।