राजविराज, २ कात्तिक । भारतबाट भन्सार छलेर नेपाल ल्याएका विभिन्न सामानहरु सप्तरी प्रहरीले राजविराजबाट बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको टोलीले राजबिराज नगरपालिका वडा नं. ८ बाट भन्सार छलेका बिभिन्न किराना आईटमहरु, लत्ताकपडा, भाडावर्तन प्रहरीले बरामद गरेको हो ।
प्रहरीका अनुसार टोलीलाई देख्नासाथ व्यक्तिहरु सामान छोडेर भागेको र उनान्नब्बे हजार मुल्य बराबरको उक्त सामानहरु बरामद गरि राजबिराज भन्सार कार्यालय तिलाठी पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।