२०८३ साल ब‌ैशाख १६ गते बुधबार

पत्रकार महासंघकाे बेथिति विरुद्ध सहसचिव मण्डलको धर्ना तेस्रो दिन पनि जारी

राजबिराज,११ वैशाख । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सहसचिव कृष्णकुमार मण्डलले सुरु गरेको धर्ना कार्यक्रम आज तेस्रो दिन पनि जारी रहेको छ।

बुधबारदेखि महासंघको मूलगेटमा ८ बुँदे माग अघि सार्दै मण्डल धर्नामा बसेका हुन्। धर्नाको दोस्रो दिन मधेश प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह धर्नास्थल पुगेर अवस्थाबारे जानकारी लिनुभएको थियो।

मण्डलले नयाँ सदस्यता वितरण पारदर्शी, निष्पक्ष र मापदण्डअनुसार हुनुपर्ने, सल्लाहकारहरूको नाम आधिकारिक रूपमा समावेश गर्नुपर्ने तथा आफूलाई कार्यसमिति बैठकमा सहभागी हुनबाट वञ्चित गरिएकोप्रति आपत्ति जनाउनुभएको छ।

त्यसैगरी, पत्रकारहरूको हकहित, सुरक्षा र क्षमता विकासका लागि ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने, आर्थिक गतिविधि तथा आय–व्यय विवरण सार्वजनिक गर्नुपर्ने र साधारणसभा तथा सदस्यता नवीकरण नियमित रूपमा गर्नुपर्ने माग पनि उहाँले अघि सार्नुभएको छ।

त्यसैगरी प्रतिदिन मण्डललाई भटेर कुरा बुझन आउनेकाे संख्यामा वृद्धि भइरहदाँ तेस्रो दिन पत्रकार महासंघका पुर्व अध्यक्ष विष्णु मण्डल, जसपा नेता सुभाष यादव, मनिष यादव लगायत दर्जनौं पत्रकारहरुले मण्डललाई धर्ना स्थलमै भेटेका छन् ।

आफ्ना मागहरू पूरा नभएसम्म धर्ना कार्यक्रम जारी राख्ने सहसचिव मण्डलले बताउनुभएको छ।




प्रतिक्रिया