सखडा, सप्तरी ७ जेठ ।
सप्तरीको छिन्नमस्ता गाँउपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले अग्रता कायम गरेको छ ।
१७ हजार ७ सय ५७ मतदाता रहेको छिन्नमस्ता गाँउपालिकामा कुल १३ हजार ७ सय ४४ मत खसेको थियो ।
जसमध्ये अहिले ५ वटा वडाकाे मतपत्र गन्ती सकेर बाँकी रहेको ६ र ७ नम्बर वडाकाे गिन्ती भइरहदा लोसपाका तर्फबाट गाँउपालिकाका अध्यक्ष पदका उम्मेदवार बिद्यान्द चौधरीले २ हजार ३ सय ७१ मत प्राप्त गरी अग्रता कायम गरेको छ भने उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका बिनोद कुमार यादवले १ हजार ५ सय ९० मत ल्याएर पच्छयाइरहेका छन ।
त्यसैगरी उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी राजुदेवी यादवले २ हजार २ सय ७८ मत ल्याएर अग्रता कायम गरेको छ भने उनकी निकटतम प्रतिद्धन्दी लोसपाकी (निर्बतमान उपाध्यक्ष) उषा कुमारी मण्डल १ हजार २ सय ५१ मत ल्याएर पच्छयाइरहेकी छिन ।
मतगनणको शुरुवाती चरणमा नेकपा माओवादी केन्द्रले अग्रता लिए पनि अहिले लोसपाले अग्रता कायम गरेको निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिनु भयो ।
त्यसैगरी छिन्नमस्ताको वडा नम्वर १ मा माओवादी केन्द्रका ललन प्रसाद यादवका पुरै प्यानल विजयी भइसकेका छन भने वडा नम्वर २ मा जनमत पार्टीका सिकेन्दर साह विजयी भइसकेका छन ।
त्यसैगरी वडा नम्बर ३ मा जसपा नेपालका विजय यादव, वडा नम्बर ४ मा नेकपा ऐकिकृत समाजवादीका सुर्यनरायण यादव (गयान्दन) र वडा नम्बर ५ मा नेकपा ऐमालेका जयप्रकाश ठाकुर निर्वाचित/विजयी भइसकेका छन ।
शनिबार अबेर रातिसम्म बाँकी रहेको वडा नम्वर ६ र ७ को मतपरिणाम सकिने आकलन रहेको निर्वाचन अधिकृतले जानकारी गराएका छन ।