कृष्ण मण्डल, राजबिराज, २३ फाल्गुन । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रामजी यादव (घण्टी) को अग्रता कायमै रहेको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३० हजार ६८९ सदर मत गणना हुँदा यादवले १२ हजार २ सय २८ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका उमेश कुमार यादव (छाता) ले ७ हजार ८९ मत ल्याएका छन्। त्यसैगरी जनमत पार्टीका चन्द्रकान्त राउत (लाउडस्पिकर) ले ५ हजार ९ सय ४६ मत प्राप्त गरेका छन् भने स्वाभिमान पार्टीका सतिश कुमार सिंहले २ हजार ५ सय ९४ मत पाएका छन्।
यस्तै नेकपा (एमाले) का मोहम्मद जियाउल रहमान (सूर्य) ले ४ सय ७६ मत प्राप्त गरेका छन्।
पछिल्लो विवरणअनुसार ३ हजार १२३ मत बदर भएको छ। हालसम्म कुल ३३ हजार ८१२ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणना कार्य जारी रहेको छ।