२०८२ साल मङ्सिर २४ गते मङ्गलबार

सप्तरी प्रहरीले पिडितलाई कुटपिट गरी सार्वजनिक मुद्दा लगाइ दिने सम्मकाे धम्की

राजविराज, २१ श्रावण । सप्तरीमा मिटर ब्याजको आरोपमा प्रहरीले एक जना पिडितलाई कुटपिट गरी घण्टाे सम्म थुनामा राखेर सार्वजनिक मुद्दा लगाई खाेर भित्र हाल्ने धम्की दिएका छन् । 

जिल्लाकाे शम्भुनाथ नगरपालिका २ बस्ने महेश कुमार भगतलाई मिटर ब्याजको आरोपमा सप्तरी प्रहरीका डिएसपी नरेश कुमार सिंहले यस्तो व्यवहा सहित धम्की दिएको भगतले आज नेपाल पत्रकार महासंघ शाखा सप्तरीमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन । 

स्थानीयहरु गेनेलाल मोची, भालसेरदेवी मोची र बलजीत कुमार चौधरीले जिल्ला प्रशासन कार्यालय सप्तरीमा मीटर ब्याजको आरोपमा आफु उपर निवेदन दिएको जानकारी  गराएका हुन । 

भगतले गेनेलाल माेचीलाई गत २०७५ साउन १७ गते ४ लाख ५ हजार, भालसेर माेचीलाई २०७२ भदौ ८ गते ७५ हजार ऋण दिएको र   बलजीत बाट २०७२ साउन २६ गते ५४ हजार रकम दिएर २ कटटा जग्गा किनेकाे आइतबार पत्रकार सम्मेलनमा भगतले कागजात समेत देखाउदै  बताएका हुन ।

उनले आफनो रकम असुल उपर गर्न सप्तरी जिल्ला अदालतमा समेत मुद्दा चली रहेको जानकारी गराए । 

यसै विषयमा सप्तरीका डिएसपी सिंह संग फाेन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । साेही विषयमा पुनः प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई साेध्दा तिनीहरू झुठाे बाेलेकाे हुन सक्ने त्यस्ताकाे पछि नलाग्न बरु मलाई त्यस्काे नाम सहित मेसेज गर्नु भन्नेर जानकारी दिए । 

प्रतिक्रिया