२०८३ साल असार १६ गते मङ्गलबार

कांग्रेसमा भूकम्प : गगन थापा ले दिए सभापतिबाट राजीनामा

काठमाडौं, ५ चैत । नेपाली कांग्रेसका सभापति गगन थापा ले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन्।

यसपटक गगन थापा सर्लाही–४ बाट उम्मेदवार बनेका थिए, जहाँ उनलाई अमरेशकुमार सिंह (रास्वपा) ले पराजित गरेका थिए। यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापाको हारपछि पार्टीभित्र नैतिक जिम्मेवारी लिने बहस चुलिएको थियो।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुई तिहाइ बहुमत हासिल गर्दा नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित भएको छ। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्र जित्न सकेको छ।

चुनावी नतिजापछि राजीनामा दिन दबाब र सुझाव दुवै आइरहेका बेला अन्ततः थापाले पद त्यागेका हुन्। उनी निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका थिए।

उनको राजीनामाबारे अन्तिम निर्णय भने शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ।

प्रतिक्रिया