२०८३ साल असार १० गते बुधबार

धादिङमा बस दुर्घटना : १७ जनाको मृत्यु, २४ घाइते

धादिङ ११ फाल्गुन । पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडामा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

गए राति करिब १:३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको बस पृथ्वी राजमार्गमा अनियन्त्रित भई त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए। घाइतेहरूलाई उपचारका लागि धादिङ तथा काठमाडौँका विभिन्न अस्पतालमा पठाइएको छ।

प्रहरीका अनुसार मृतकहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। यस घटनाले रात्रीकालीन सवारी सुरक्षाबारे पुनः प्रश्न उठाएको छ।



प्रतिक्रिया