२०८३ साल ब‌ैशाख १६ गते बुधबार

सप्तरीमा समानुपातिकतर्फ पहिलो ठुलो दल जनमत

राजबिराज, १५ मंसिर । सप्तरीकाे प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा समानुपातिकतर्फ ठुलो दल जनमत बनेको छ । 

पहिलोपटक नयाँ शक्तिको रुपमा उदाएको जनमत पार्टीले दुबै सभामा ८५ हजार भन्दा बढी मत पाएको छ । 

    बुधवार घोषित अन्तिम मतपरिणाम अनुसार जनमत पार्टीले जिल्लाको ४ वटै प्रतिनिधीसभामा ८५ हजार ५ सय ९२ मत तथा ८ वटै प्रदेशसभातर्फ ८६ हजार ७ सय ७ मत प्राप्त गरि समानुपातिकतर्फको पहिलो ठुलो दल बनेको हो ।

 त्यसेगरी प्रतिनिधिसभातर्फ ४८ हजार ३ सय ५० मत प्राप्त गरी जसपा दोश्रो तथा ४१ हजार १ सय ८७ मत प्राप्त गरी नेपाली काँग्रेस तेश्रो दल भएको छ भने नेकपा एमाले २८ हजार २ सय १८ मत ल्याई चौथो स्थानमा रहेका छन् । 

त्यस्तै प्रदेशसभातर्फ पनि समानुपातिकमा ८६ हजार ७ सय ७ मत ल्याई जनमत पार्टी पहिलो ठुलो दल बनेको छ । प्रदेशसभामा समानुपातिकतर्फ जसपाले ४८ हजार २ सय ५ तथा नेपाली काँग्रेसले ३८ हजार ६ सय ६४ मत प्राप्त गरि क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेको छ । यस्तै २५ हजार १ सय ८७ मत ल्याई एमाले चौथो स्थानमा रहेको छ । 

    सप्तरीमा कुल ४ लाख १८ हजार ३ सय ७४ मतदाता रहेकोमा २ लाख ७९ हजार १ सय २१ मत खसेको थियो । जस मध्ये १७ हजार २२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जाेसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया