२०८३ साल ब‌ैशाख १६ गते बुधबार

ज्ञानबहादुर शाही राप्रपाको संसदीय दलको नेतामा सर्वसम्मत चयन

काठमाडौं, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा माननीय ज्ञानबहादुर शाही सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

पार्टीका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको उपस्थितिमा बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा चयन गरेको हो।

त्यसैगरी, नवनिर्वाचित दलका नेताले माननीय खुश्बु ओलीलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गर्ने निर्णय गरेका छन्।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।

प्रतिक्रिया