राजविराज, १० बैशाख । सप्तरीमा मोटरसाइकल दुर्घटनामा परी तीन जना युवकको मृत्यु भएको छ । शुक्रवार मध्यराति जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुर स्थित हुलाकी सडक खण्डमा पश्चिम तर्फ जादै गरेको प्र.१–०२४१ प.२२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट जादै गरेको प्र.१–०२०४१ प.९५२४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार उनीहरु गम्भीर घाइते भइ उपचारको लागि अस्पताल लग्दै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका – ३ का ३० वर्षीय पप्पु यादव, २६ वर्षीय संदिप यादव र २८ वर्षीय रंजित यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
प्रहरीकाे भनाइ अनुसार दुबै मोटरसाइकल नियन्त्रणमा राखी घट्ना सम्बन्धमा थप अनुसन्धानकार्य भईरहेको जनाइएको छ ।