राजबिराज, २१ बैशाख । छिन्नमस्तामा लाेसपाकाे अध्यक्ष पदका उम्मेदवारले ३५ बुँदे घाेषणा पत्र सार्वजनिक गरेकाे छ । घोषणा पत्रमा प्रत्येक वडामा कालो पत्रे सडक निर्माण, प्रत्येक विद्यालायमा कम्पयुटर शिक्षा, पुस्तकालाय, ल्याब, इन्टरनेट लिंक जडान, अग्रेजी माध्यमको पढाई, छात्रालाई आत्मरक्षा तालिम तथा गरिब असहाय परिवारका छोरीको विहेमा २५ हजारको सहयोग उपलध गराउने प्रतिबध्ता व्यक्त गरिएको छ ।
यस्तै छिन्नमस्ता भगवती मन्दिरलाई विश्व सम्पदा सुचिमा समाबेश गराउन विशेष पहल गरिने, बस पार्कको निर्माण, फन पार्कको निर्माण, अल्पकालिन र दिर्धकालिन सिचाई योजना, एक घर एक शौलालय अन्तगत गरिब विपन्न परिबारलाई शौचालय बनाउन १५ हजारको सहयो तथा छिन्नमस्ता दर्शनका लागि आउने दशानार्थीहरुकालागि सुविधा समपन्न र्धमसाला निर्माण लगायतका प्रतिवद्धता पनि व्यक्त गरिएको छ । मंगलबार पत्रकार सम्मेलन गरि अध्यक्ष पदका उम्मेदवार विद्ययान्न चौधरी तथा उपाध्यक्ष पदका उम्मेदवार उषा मण्डल लगायत वडा अध्यक्ष पदका उम्मेदवार लगायत नेता तथा कार्यकताहरुकाे बाक्लो उपस्थित रहेको थियो ।