राजबिराज२३, कार्तिक । मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले राजविराज नगरपालिकामा प्रचार-सामग्री हटाउन शुरु गरेको छ ।
निर्वाचन आचारसंहिता विपरित राजबिराज नगरपालिकाकाे विभिन्न ठाउँमा झुण्डाईएको झण्डा, पोष्टर र ब्यानर प्रहरी लगाएर हटाउन शुरु गरेको हो ।
निर्वाचन आचार संहिता पालना गर्नको लागि पटक-पटक राजनीतिक दल तथा उम्मेदवारहरुलाई आग्रह गरिएकोमा वेवास्ता गरेपछि हटाउन शुरु गरिएको सहायक निर्वाचन अधिकृत कुमार मास्केले जानकारी गराएका छन ।
उहाले निर्वाचन आचार संहिता अनुगम समितिले दिएको रिपोर्टको आधारमा प्रहरीको सहयोग लिएर पोष्टर ब्यानर र झण्डा हटाउने काम आज बाट शुरुआत गरेको मास्केले भन्नू भयो ।