२०८१ साल माघ ७ गते सोमबार

मधेश कृषि विश्वविद्यालयमा जनमतले लगायाे ताला

राजबिराज , ०७ माघ । सप्तरीको राजविराजस्थित रहेको मधेश कृषि विश्वविद्यालयमा जनमत पार्टीका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । 

पुर्व निर्धारित समय अनुसार भाेली सोमबार राजविराज -१३ मा विश्वविद्यालयको शिलान्यास गर्न कार्यक्रम तय गरिएको छ ।

शिलान्यासमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि जनमतका कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् ।

जनमतका कार्यकर्ताले आइतबार विश्वविद्यालयको उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै कार्यालयमा तालाबन्दी गरेको हो ।

यसरी दुई पार्टीका कार्यकर्ता आमने सामने भएपछि जिल्लामा सुरक्षा चुनौती पनि थपिएको छ ।

प्रतिक्रिया