राजबिराज, २९ कार्तिक । मैथिली भाषाको महाकवि विद्यापति स्मृति पर्वको अवसरमा आज सप्तरी सदरमुकाम राजविराजमा मैथिली भेषभूषा तथा संस्कृति झल्किने सहितकाे झाँकी प्रदर्शन गरिएको छ ।
बिहीबार मैथिली साहित्य परिषद् सप्तरीकाे आयाेजनामा हरेक वर्ष गर्दै आएकाे महाकवि विधापति स्मृति दिवसकाे अवसरमा यसवर्ष रक्तदान, झाँकी, कवि गाेष्ठी तथा अन्तरक्रिया सहितको ३ दिवसीय कार्यक्रमकाे आयाेजना गरिएको हाे ।
मैथिली पहिरन, भेषभूषा तथा बैलगाडा, हलाे फालाेसहितका कृषि औजारसहित स्थानीय (पवि मावि) पब्लिक माध्यमिक विद्यालयकाे मैदानबाट निस्केको झाँकी राजविराजकाे विभिन्न भागमा प्रदर्शन गरिएको हो ।
सरकारी कामकाजकाे भाषा मैथिली हुनुपर्ने र मैथिली भाषालाई जगेर्ना गर्ने भन्ने ध्येयका साथ यसवर्ष विधापति स्मृत दिवस मनाइएकाे मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेशकुमार झाले जानकारी दिनुभयो ।
यस्तै स्मृति दिवस अन्तर्गत आयाेजना गरिएको कवि गोष्ठीका वक्ताहरुले मातृभाषा मैथिलीको संरक्षण संवर्धन गर्नुकाे साथै महाकवि विद्यापति बसेकाे सप्तरीको बनाैली संरक्षण गर्दै विधापति स्मृति पार्कसँगै संग्राहलय निर्माणतर्फ मधेश प्रदेश सरकारकाे ध्यानाकर्षण गरानुभएकाे थियाे ।
झाँकी नगर परिक्रमा गरेको थियो भने मैथिली भाषा अभियानकर्ता, विद्यार्थी र ओम शान्तिका अनुयायीहरुसँगै सरकारी अधिकारीहरु समेत सहभागिता थिए ।