राजबिराज , ५ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ काे प्रतिनिधि सभा तथा प्रदेश सभाकाे मतगणना जारी छ ।
जसमध्ये सप्तरी २ प्रतिनिधि सभातर्फ जनता समाजवादी पार्टीको उपेन्द्र यादवले २३१६ (छाता), सत्ता गठबन्धन लाेसपाकाे जयप्रकाश ठाकुरले १०१८ (साइकल) र जनमत पार्टीको चन्द्रकान्त राउत (सिके)ले ५०४३ (हाेरण) मत प्राप्त गरेको छ ।
त्यसैगरी २(१) प्रदेश सभा तर्फ जनता समाजवादी पार्टीकाे शैलेन्द्र साहले २६२९, सत्ता गठबन्धन लाेसपाकाे सराेज कुमार मण्डल २०१७ र जनमत पार्टीको सतिस सिंहले ५४२३ मत प्रप्त गरेको छ ।
त्यसैगरी २(२) तर्फ सत्ता गठबन्धनको नेकपा माओवादी केन्द्रकाे उमेश कुमार यादवले २०८६, जनता समाजवादी पार्टी नेपालकाे लक्ष्मण यादवले १५७५ र जनमत पार्टीको महेश कुमार यादवले ३८५७ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयकाे प्रबक्ता कुमार मास्केले जानकारी दिनु भयो