राजबिराज, १८ चैत । हत्यारा तथा सञ्चार गृहमा आगजनी गर्नेलाई कारबाहीको माग गर्दै सरकारलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
एभिन्युज टेलिभिजनकर्मी पत्रकार सुरेश रजकलाई जिउँदै आगो लगाएर हत्या गरेको विरुद्ध नेपाल पत्रकार महासंघ शाखा सप्तरीकाे अगुवाइमा सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाइएको हो ।
महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।