चन्दन रजक
जनमत पार्टीको आगामी दोस्रो राष्ट्रिय महाधिवेशनमा पार्टीकी प्रभावशाली नेतृद्वय अनिता साह र अनिता कुमारी मण्डलले राष्ट्रिय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
राजनीतिक निष्ठा, निरन्तरको सक्रियता र उत्कृष्ट संगठनात्मक क्षमताका कारण पार्टीभित्र स्थापित उनीहरूले नेतृत्वलाई थप सुदृढ र गतिशील बनाउने सङ्कल्पका साथ उम्मेदवारी दिएका हुन्।
पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत भइसकेकी अनिता साह र नेतृ अनिता कुमारी मण्डल दुवैजनासँग केन्द्रीय सचिवको जिम्मेवारी सफलताका साथ निर्वाह गरेको अनुभव छ। लामो समयदेखि पार्टीको निर्माण, नीति निर्माण र संगठन विस्तारमा अहोरात्र खटिएका उनीहरूलाई जनमत पार्टीभित्र निडर, सक्षम र दूरदर्शी नेतृको रूपमा हेरिन्छ।
पार्टीप्रति पूर्ण समर्पित यी दुई नेतृको उम्मेदवारीले आगामी महाधिवेशनमा समावेशी, सशक्त र सुदृढ नेतृत्व चयन हुने विश्वास कार्यकर्ता माझ जगाएको छ।