२०८३ साल ब‌ैशाख ७ गते सोमबार

सप्तरीमा १ क्विन्टल ११ केजी गाँजा बरामद, २ जना पक्राउ

राजविराज, १ चैत। जिल्ला प्रहरी कार्यालय सप्तरी ले लागु औषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार शनिबार बेलुकी ५:३० बजे, इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको गस्ती टोलीले तिरहुत गाउँपालिका–२ बडहरा क्षेत्रमा जाँदै गरेको जामुन महतोले चलाई रहेको अटो रिक्सा (प्र.२-०१-०१ ह ००२२) जाँच गर्दा १ क्विन्टल ११ किलो ८०० ग्राम गाँजा बरामद भएको छ।

बरामद अटो र गाँजा सहित चालक जामुन महतो र अटोमा सवार कविता कुमारी माझि लाई पक्राउ गरी लागु औषध कसुर मुद्दामा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। अदालतले प्रारम्भिक सुनुवाइमा ७ दिनको म्याद थप गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले घटनाको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया