२०८३ साल ब‌ैशाख ९ गते बुधबार

अत्यधिक चिसोका कारण बोदेबरसाइनका विद्यालयहरू ५ दिनकाे लागि बन्द

राजबिराज, ९ पुस । सप्तरीको बोदेबरसाइन नगरपालिकाले अत्यधिक चिसोका कारण विद्यालयहरू ५ दिनकाेलागि बन्द गर्ने निर्णय गरेको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार विगत केही दिनदेखि तराई क्षेत्रमा शीतलहर बढ्दै गएपछि जनजीवन प्रभावित भएको र विशेषगरी बालबालिकाहरूलाई विद्यालय आउजाउ गर्न कठिनाइ भएको भन्दै यो निर्णय लिइएको हो।

सूचनामा उल्लेख भएअनुसार बोदेबरसाइन नगरपालिकाअन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरू आज पुस ८ गतेदेखि पुस १३ गतेसम्म बन्द रहनेछन्।

नगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै अभिभावक, शिक्षक तथा सरोकारवालाहरूलाई आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ।

नगर प्रमुख आदेश कुमार सिंहद्वारा जारी उक्त सूचनामा अवस्था सामान्य भएपछि विद्यालय सञ्चालनबारे थप जानकारी गराइने उल्लेख गरिएको छ।


प्रतिक्रिया