राजबिराज, २४ भदौ । सप्तरीको छिन्नमस्तामा झन्डै एक सय किलो परिमाणमा विषादीयुक्त, अबैध तथा मानवीय स्वास्थ्यमा असर गर्ने लड्डु र पेडा मिठाइँ नष्ट गरेको छ ।
छिन्नमस्ता मन्दिर समितिले मन्दिर परिसर भित्रै करिब ७० किलो ग्राम लड्डु र २५ किलो ग्राम पेडा मिठाइँ नियन्त्रणमा लिई आज (आईतवार ) नष्ट गरेका हुन ।
यस्ता मिठाइँहरु पारी भारतको बिहार बाट आयात हुने गरेको जुन मानवीय स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको मन्दिरका पिठाधिस महाकान्त ठाकुरले जानकारी दिए ।
हुन त यस्तो कार्य मन्दिर समितिको नभए पनि स्थानीय तह र जिल्ला प्रशासन कार्यालय सप्तरीले चाँसाे नलिदाँ समितिले बाध्य भएर यस्तो एक्सनमा आउनु परेको पिठाधिस ठाकुरले भन्दै नजिकिँदै गरेको बडा दशैकाे अगाडि पनि छिन्नमस्ता मन्दिर परिसर र सखडा बजारको अनुगमन गरी मदिरा पसलहरु समेत बन्द गराउन संचारमाध्यम मार्फत सम्बन्धित निकायहरुलाई आग्रह गर्नुभयो ।