२०८१ साल माघ ७ गते सोमबार

छिन्नमस्तामा पत्रपत्रिका छपाइ तथा सुचना प्रकाशनमा २२ लाख बढी खर्च

राजबिराज, १७ भदौ । सप्तरीको छिन्नमस्ता गाँउपालिकाले पत्रपत्रिका छपाइ तथा सुचना प्रकाशनमा मात्रै लाखाै बढी खर्चेको छ ।

आर्थिक वर्ष २०७९/०८० मा मात्रै २२ लाख बढी खर्चेका हुन । यस सम्बन्धि छिन्नमस्ता गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादवलाई साेधदा उक्त खर्च पत्रपत्रिकाकाे विज्ञापनमा मात्रै नभई कार्यालय प्रयाेजनकाे लागि विभिन्न किसिमका छपाईकाे पनि खर्च समाबेश गरिएको जानकारी गराएका हुन । 

अत: उक्त खर्च कुन पत्रपत्रिकाले के कति पायाे भन्ने पुर्ण विवरण मागगर्दा  अहिले गाउपालिकामा मलेपकाे टाेलीआएकाे छ त्यसेले दुई/तिन दिन पछि मात्रै उक्त सुचना दिन सक्ने अधिकृत यादवले जानकारी दिए ।

प्रतिक्रिया