काठमाडौं, २७ श्रावण । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरिएको उच्च स्रोतले पुष्टि गरेको छ।
श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली परिचालन गरिएको थियो।
प्रहरीका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको हो।
पक्राउपछि उनलाई थप अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा राखिएको बताइएको छ। घटनाबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी रहेको जनाएको छ।
श्रेष्ठ पक्राउ पर्नुको वास्तविक कारण, आरोपको प्रकृति तथा अनुसन्धानको थप विवरण भने प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेपछि स्पष्ट हुने बताइएको छ।