२०८३ साल ब‌ैशाख १६ गते बुधबार

केपी शर्मा ओली पक्राउको विरोधमा राजविराजमा एमालेको प्रदर्शन

कृष्ण मण्डल 

राजविराज, १४ चैत । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा शनिबार राजविराजमा पार्टी कार्यकर्ता र समर्थकहरू सडकमा उत्रिएका छन्।

राजविराज बजार क्षेत्रमा गरिएको प्रदर्शनमा सहभागीहरूले पक्राउलाई “राजनीतिक प्रतिशोध” भन्दै तत्काल रिहाइको माग गरेका छन्। उनीहरूले “लोकतन्त्रको हत्या बन्द गर” र “राजनीतिक पूर्वाग्रह त्याग” जस्ता नारासहित सरकारविरुद्ध चर्को विरोध जनाएका थिए।


प्रदर्शनलाई लक्षित गर्दै नेपाल प्रहरीले विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा बनाएको थियो।

एमाले जिल्ला नेतृत्वले विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीमाथिको कारबाही गैरकानुनी र अलोकतान्त्रिक भएको आरोप लगाएको छ। साथै, शीघ्र रिहाइ नभए आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएको छ।

प्रतिक्रिया