२०८३ साल ब‌ैशाख १९ गते शनिवार

सप्तरी एफ.एम. तेस्रो वर्षमा प्रवेश

राजविराज, १८ भदौ । सप्तरी मिडिया हाउस प्रालिद्वारा सञ्चालित सप्तरी एफएम ९८.५ मेगाहर्ज तेस्रो वर्यमा प्रवेश गरेको छ ।

आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा सांस्कृतिक तथा सम्मान कार्यक्रमकाे आयोजना गरी वार्षिकोत्सब मनाएको छ ।

तीन तहका सरकार भए पनि सञ्चारलाई प्राथमिकतामा नदिइएको भन्दै स्थानीय सरकारले सञ्चारसम्बन्धी ऐन बनाउनुपर्नेमा जोड दिनुका साथै शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखिए पनि सञ्चारलाई पन्छ्याइएको कार्यक्रमका प्रमुख अतिथि  नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साहले बताउनु भयो ।

त्यसैगरी महादेवा गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले समाजमा विकृति र विसङ्गति बढ्दै गएको अवस्थामा सञ्चारमाध्यममार्फत जनचेतनामूलक सन्देश आवश्यक रहेको बताए । “जनचेतनाको अभावकै कारण विकृति फैलिएको हो, यसलाई रोक्न मिडियाले महत्वपूर्ण भूमिका खेल्न सक्छ,” उनले भने ।

त्यसैगरी वर्तमान अवस्था एफएम सञ्चालनमा रहेको चुनाैतीलाइ चिर्दै, स्थानीय भाषा, कला संस्कृतिलाइ समेत उजागर गर्दै तेस्रो वर्षमा प्रवेश गरेको एफएम परिवारकाे प्रगतिकाे कामना गर्दै थप प्रभावकारी कार्यक्रमहरु ल्याउन नेपाल पत्रकार महासंघका सहसचिव कृष्ण मण्डलले बताए । 

कार्यक्रममा पत्रकार ओम प्रकाश साह, डम्बर राइ, भूपदेव माली, जनचेतना नेपालकी कार्यकारी निर्देशक जुही ठाकुर, हनुमाननगर कंकालिनी–११ का वडा अध्यक्ष साकिर खान, स्थानीय युवा उदित मण्डललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एफएमका अध्यक्ष कमल प्रसाद मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रमा विभिन्न पत्रकार तथा व्यक्तित्वलाई गम्छा, अविर र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

प्रतिक्रिया