२०८३ साल ब‌ैशाख ५ गते शनिवार

प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ

काठमाडौँ, २१ चैत । प्रहरीले राजधानीमा अपराध नियन्त्रण तथा सुरक्षा सुदृढ गर्ने उद्देश्यले सञ्चालन गरेको ‘अपरेसन सेफ्टी काठमाडौं’ अन्तर्गत १९५ जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार पक्राउ पर्नेहरूमा रात्रिकालीन व्यवसायमा गुण्डागर्दी गर्ने, सार्वजनिक सम्पत्तिमा हुलहुज्जत गर्ने तथा यात्रुलाई दुःख दिने समूहका व्यक्तिहरू रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिन शुक्रबार रातभर विभिन्न स्थानमा सर्च अपरेशन सञ्चालन गरिएको थियो।

विमानस्थल क्षेत्रबाट १८ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रुहरूलाई ठगी तथा हैरानी दिएको आरोपमा १८ जनालाई पक्राउ गरिएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार महानगरपालिका–९ अन्तर्गत उक्त क्षेत्रमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा विभिन्न जिल्लाका व्यक्तिहरू रहेका छन्, जसले विमानस्थल आसपास यात्रुहरूलाई अनावश्यक दुःख दिने, रकम असुल्ने जस्ता गतिविधि गर्दै आएको प्रहरीको आरोप छ।

१) सूर्य माझी (१८) – सर्लाही, हाल सिनामंगल

२) एकेश तामाङ (२२) – बाँके, हाल एयरपोर्ट

३) प्रेमकुमार मगर (२६) – पाँचथर, हाल एयरपोर्ट

४) राजकुमार राई (३२) – सिन्धुली, हाल नयाँबस्ती

५) मंगलमान घलान (४०) – मकवानपुर, हाल एयरपोर्ट

६) खगेन्द्र लिम्बु (३८) – पाँचथर, हाल टोखा

७) आशिष खतिवडा (२९) – मोरङ, हाल एयरपोर्ट

८) बिश्व मोक्तान (३४) – मकवानपुर, हाल सम्भुमार्ग

९) वीरेन्द्र झा (४५) – धनुषा, हाल एयरपोर्ट

१०) लड्डा मियाँ (६०) – सिराहा, हाल तिलगंगा

११) परशुराम राई (४६) – मोरङ, हाल नयाँ बसपार्क

१२) सन्तु तामाङ (२७) – रामेछाप, हाल भक्तपुर

१३) रघुवीर शाह (५३) – धनुषा, हाल तिलगंगा

१४) राजीवकुमार रावत (३३) – महोत्तरी, हाल तिलगंगा

१५) सरोजकुमार महतो (२६) – धनुषा, हाल गौशाला

१६) अजय लामा (१९) – मकवानपुर, हाल गौशाला

१७) केशव लिम्बु (३९) – झापा, हाल सिनामंगल

१८) रामप्रसाद जोशी (२०) – बझाङ, हाल सिनामंगल

१९) विमलराज जोशी (२९) – बझाङ, हाल कीर्तिपुर

गुण्डागर्दीमा संलग्न ५ जना पक्राउ

प्रहरीले बौद्ध, कलंकी र स्युचाटार क्षेत्रलाई केन्द्र बनाएर सक्रिय गुण्डा समूहका ५ जनालाई पनि पक्राउ गरेको जनाएको छ। उनीहरू लामो समयदेखि लुटपाट, धम्की तथा असामाजिक गतिविधिमा संलग्न रहेको प्रहरीको भनाइ छ।

१) प्रविण तामाङ – श्याम लामा समूहमा आबद्ध, बौद्ध क्षेत्रमा सक्रिय

२) बिर्जु महर्जन – कलंकी (बाफल) क्षेत्रमा सक्रिय

३) सुजन कार्की – कलंकी बस टिकट काउन्टर तथा पेट्रोल पम्प क्षेत्रमा सक्रिय

४) सरु गुमागाईं – स्युचाटार क्षेत्रमा सक्रिय

५) विकी लामा – बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न

‘किमजोङ बोस’सहित १३ जना नियन्त्रणमा

यसैबीच काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले छुट्टै अपरेशनमार्फत किमजोङ बोससहित १३ जनालाई पक्राउ गरेको छ।

किमजोङ बोस

अशोक गिरी

सञ्जीव लामा

सुरेश गुरुङ

(अन्य ९ जनाको विवरण प्रहरीले सार्वजनिक गरेको छैन)

कार्यालयका अनुसार उनीहरू संगठित रूपमा गुण्डागर्दीमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको हो।


प्रतिक्रिया