२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

सिरहा–१ मा रास्वपाका बब्लु गुप्ता विजयी

गोलबजार, २४ फागुन। सिरहा निर्वाचन क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बब्लु गुप्ता ४१,३३३ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले यो जानकारी दिएको छ।

गत बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार गुप्ताका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९,७८४ मत प्राप्त गरे। नेकपा (एमाले) का रामशङ्कर यादवले ७,८६६ मत पाए भने नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले २,८५३ मत प्राप्त गरे। जसपा नेपालका सत्यनारायण यादवले २,२८५ मत पाएका छन्।

नवनिर्वाचित सांसद गुप्ता यसअघि युवा तथा खेलकुदमन्त्रीको रूपमा सेवा गरिरहनु भएको थियो।

प्रतिक्रिया