राजबिराज, २२ फाल्गुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्यतर्फको मतगणना जारी रहेको छ। हालसम्म ६ हजार २७३ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव (घण्टी) अग्रस्थानमा देखिएका छन्।
पछिल्लो विवरणअनुसार रामजी यादवले २,७५५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा जनमत पार्टीका चन्द्रकान्त राउत (लाउडस्पिकर) रहेका छन्। उनले १,२२७ मत पाएका छन्।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका उमेश कुमार यादव (ढल्केको छाता) ले १,०४५ मत ल्याएका छन्। नेपाली काँग्रेसका रामकुमार यादव (रुख) ले १३३ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) का मोहम्मद जियाउल रहमान (सूर्य) ले १०९ मत पाएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ५ हजार ६४५ सदर मत गणना भएको छ भने ६२८ मत बदर भएको छ। मतगणना कार्य जारी रहेको छ।