२०८१ साल मङ्सिर २१ गते शुक्रबार

पहिलोपटक छिन्नमस्ता मन्दिरमा भाेली अष्टमीकाे दिन हेलिकप्टरबाट पुष्प वर्षा गरिदै

सखडा, सप्तरी, २४ असाेज । मुलुककै प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरमा बडा दशैंको अवसरमा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा हुने भएको छ ।

मन्दिर समिति र छिन्नमस्ता गाउँपालिकाकाे आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत् भाेली शुक्रबार बिहान ११ बजे पुष्पवृष्टि गर्न लागेको हाे ।

बडा दशैकाे अष्टमीकाे दिन पहिलो पटक नेपाली सेनाको हेलिकप्टरबाट मन्दिरको चारैतिर पुष्प वर्षा गरिने मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिए । 

‘धार्मिक आस्था र मातृशक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप हामीले अष्टमीको दिने पुष्प वर्षा गर्न लागेको हौैं,’ गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले भने ।

छिन्नमस्ता शक्तिपीठलाई शक्ति र साहसको प्रतीक मानिन्छ ।

यहाँ दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुलाई कुनै किसिमको समस्या नहाेस भने उदेश्यले प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रान्तीकाे प्रमुख आतिथ्य तथा मन्दिर समिति, छिन्नमस्ता गाउँपालिका, सप्तरीको तिनवटै सुरक्षा निकाय, पत्रकार, नागरिक समाज, रेडक्रस, जनस्वास्थ्य, सडकविभाग, खानेपानी लगायतका प्रतिनिधिहरुकाे संयुक्तरूपमा बडा दशैकाे दाेस्राे दिन १८ असाेजमा मन्दिर प्रांगणमा बसेकाे बैठककाे छलफलबाट यस्तो कुरा निर्णय भएको थियो । 

प्रतिक्रिया