सखडा, सप्तरी ८ जेठ ।
सप्तरीको छिन्नमस्ता गाँउपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का विद्यान्नद चौधरी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी राजु देवी यादव विजयी भएको छ ।
अध्यक्षमा २६ वर्षीय चौधरीले १ हजार १ सय २९ मतअन्तरले विजयी भएको छ भने उनका निकटतम प्रतिद्धन्दी जनता समाजवादी नेपालको सत्यनारायण यादवले १ हजार ७ सय ६६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी राजुदेवी यादवले २ हजार ४ सय ७२ मत ल्याएर विजयी भएकी छन उनकी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी प्रमिला देवी साहले १ हजार ५ सय ९५ मत प्राप्त गरेकी छिन् ।
शनिबार अबेर रातिसम्म ७ वटै वडाको मतगणा सकिएको निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिनु भयो । कुल १७ हजार ७ सय ५७ मतदाता रहेको छिन्नमस्ता गाँउपालिकामा १३ हजार ७ सय ४४ मत खसेको थियो ।
त्यसैगरी छिन्नमस्ताको वडा नम्वर १ मा वडा अध्यक्ष सहित नेकपा माओवादी केन्द्रका ललन प्रसाद यादवका पुरै प्यानल, वडा नम्वर २ मा जनमत पार्टीका सिकेन्दर साह, वडा नम्बर ३ मा जसपा नेपालका विजय यादव, वडा नम्बर ४ मा नेकपा ऐकिकृत समाजवादीका सुर्यनरायण यादव (गयान्दन), वडा नम्बर ५ मा नेकपा एमालेका जयप्रकाश ठाकुर, वडा नम्वर ६ मा नेकपा माओवादी केन्द्रका कपलेश्वर साह र वडा नम्वर ७ मा नेकपा एमालेका अच्छेलाल यादव निर्वाचित/विजयी भएका छन ।