२०८३ साल असार १० गते बुधबार

सप्तरी–२ अपडेट: छिन्मस्ता गाउँपालिकाबाट मतगणना सुरु, सखडाकाे पनि मतपेटिका खाेलियाे

राजबिराज, २२ फाल्गुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी रहेको छ। चार स्थानीय तहमध्ये छिन्मस्ता गाउँपालिकाबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार छिन्मस्ता गाउँपालिका–१ मा खसेको कुल २,११४ मतमध्ये घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) ले करिब ७०० मत प्राप्त गरेको छ भने छाता चुनाव चिह्नले करिब २०० मत प्राप्त गरेको छ।

त्यसैगरी छिन्मस्ता गाउँपालिका–२ मा खसेको १,८०५ मतमध्ये प्रारम्भिक गणनामा हाेरणले ६१४ मत प्राप्त गरेको जानकारी आएको छ। अन्य दलहरूको मतगणना जारी रहेको छ।

यसैबीच मतगणना प्रक्रिया जारी रहँदै गर्दा छिन्मस्ता गाउँपालिका–३ को मतपेटिका समेत खोलिएको छ। त्यहाँको मतगणना सुरु हुने क्रममा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मतगणना जारी रहेकाले विस्तृत नतिजा आउन बाँकी रहेको छ।

प्रतिक्रिया