२०८३ साल ब‌ैशाख १६ गते बुधबार

शिक्षक महासङ्घले सांसदको अमर्यादित अभिव्यक्तिप्रति माफी माग्नुपर्ने

भक्तपुर, २९ फागुन । नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित एकजना सांसदद्वारा शिक्षक र शिक्षण पेशाप्रति व्यक्त अमर्यादित शब्दप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासङ्घका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदी ले सम्बन्धित सांसदलाई आफ्नो पदीय गरिमालाई समेत विर्सेर गरिएको अभिव्यक्तिप्रति माफी माग्नुपर्ने र भविष्यमा यस्ता विचार व्यक्त नगर्न सचेत रहन आग्रह गरेका छन्।

नेपाल शिक्षक महासङ्घले देशमा विद्यालय शिक्षाको विकास र शिक्षक-कर्मचारीको हक, हित तथा पेसागत मर्यादाको संरक्षणमा सदैव प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया