२०८३ साल ब‌ैशाख ५ गते शनिवार

मनकामनाबाट फर्किँदै माइक्रो दुर्घटना, ७ भारतीयको मृत्यु

गाेरखा , ३० फागुन । मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको माइक्रो बस दुर्घटनामा पर्दा ७ भारतीय नागरिकको मृत्यु भएको छ।

शनिबार शहीदलखन गाउँपालिका–३ कनटारमा माइक्रो बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा चालक र सहचालकसहित १४ जना सवार थिए।

प्रहरीका अनुसार घटनास्थलमै ७ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। घाइतेहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।

मृतक सबै भारतीय नागरिक रहेको र उनीहरू मनकामना मन्दिर दर्शनका लागि आएका तीर्थयात्री रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरिएको थियो।

प्रतिक्रिया