राजविराजमा , १५ असार । खडक नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माणको लागि खडक नगरपालिका, नगर कार्यापालिकाको कार्यालय र प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि., काठमाडौ बीच बुधबार सम्झौता भएको छ ।
अस्पताल निर्माणका लागि ई-बिडिंग मार्फत बोलपत्र आह्वान गरिएकोमा भ्याट सहितको सबै भन्दा कम कबोल अंक २१ करोड २९ लाख भएको प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि., सम्झौताका लागि छनोट भएको हाे ।
सम्झौतामा नगर कार्यपालिकाकाे कार्यालयकाे तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण तथा प्रतिष्ठा कन्सट्रक्सन प्रा.लि.का तर्फबाट ध्रुव प्रसाद रिजालले हस्ताक्षर गर्नुभयो ।
उक्त अस्पताल निर्माणका लागि सम्झौता भएको मिति देखि २ वर्षको समय सीमा रहेको प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिनुभयो ।