राजविराज, १२ बैशाख ।
बैशाख ३० गते हुन लागेको स्थानिय तह निर्वाचनका लागि सप्तरीका चार पत्रकारहरु पनि चुनावी मैदानमा ओर्लिएका छन् ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सचिव भोला पासवान जसपा नेपालको तर्फबाट जिल्लाको कंचनरुप नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । दलित अगुवाको रुपमा परिचित उनी दुई दशकदेखी पत्रकारिता क्षेत्र तथा समाजसेवातर्फ अग्रसर छन् ।
यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्ष पदमा पत्रकार हेमशंकर सिंहले जनता प्रगतिशिल पार्टीबाट मनोनय दर्ता गराएका छन् । उनी पनि अढाई दशकदेखी पत्रकारिता क्षेत्रमा कार्यरत छन् ।
यसैगरि राजविराज वडा नं. ८ को वडा अध्यक्ष पदमा पत्रकार सतिश दत्तले उम्मेदवारी दर्ता गराएका छन् । मैथिली साहित्य परिषदका अध्यक्ष समेत रहेका उनले नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट अध्यक्षमा मनोनय दर्ता गराएका हुन् ।
यसैगरि नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादव पनि उम्मेदवार बनेका छन् । उनले राजविराज वडा नं. २ बाट वडा अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन् ।
उनी पनि डेढ दशकदेखी पत्रकारिता क्षेत्रमा रहेका