२०८१ साल माघ २७ गते अाईतबार

सुदूरपश्चिम प्रदेशले गरे कर्मचारी नियुक्तिका लागि दर्खास्त आह्वान

राजबिराज, २८ मंसिर । प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरिएको हो । योग्यता पुगेका उमेदवारहरूले एक महिनाभित्र आयोगको विद्युतीय दरखास्त प्रणालीमार्फत दरखास्त दिनुपर्नेछ ।

प्रतिक्रिया