२०८२ साल ब‌ैशाख ३१ गते बुधबार

छिन्नमस्ता गापाको अध्यक्षमा लोसपा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रको अग्रता

सखडा, सप्तरी, ४ जेठ ।

सप्तरीको छिन्नमस्ता गाँउपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले अग्रता कायम गरेको छ ।

१७ हजार ७ सय ५७ मतदाता रहेको छिन्नमस्ता गाँउपालिकामा कुल १३ हजार ७ सय ४४ मत खसेको थियो । जसमध्ये अहिले ४ हजार ४१ मतपत्र गन्ती हुँदा लोसपाका तर्फबाट गाँउपालिकाका अध्यक्ष पदका उम्मेदवार बिद्यान्द चौधरीले १ हजार १ सय ८६ मत प्राप्त गरी अग्रता कायम गरेको छ भने उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका बिनोद कुमार यादवले ९ सय ५ मत ल्याएर पच्छयाइरहेका छन ।

त्यसैगरी उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी राजुदेवी यादवले ९ सय ३१ म्त ल्याएर अग्रता कायम गरेको छ भने उनकी निकटतम प्रतिद्धन्दी लोसपाकी (निर्बतमान उपाध्यक्ष) उषा कुमारी मण्डल ७ सय ४८ मत ल्याएर पच्छयाइरहेकी छिन । 

मतगनणको शुरुवाती चरणमा नेकपा माओवादी केन्द्रले अग्रता लिए पनि अहिले लोसपाले अग्रता कायम गरेको निर्वाचन अधिकृत सुर्यराज घिमिरेले जानकारी दिनु भयो । 

त्यसैगरी छिन्नमस्ताको वडा नम्वर १ मा माओवादी केन्द्रका ललन प्रसाद यादवका पुरै प्यानल विजयी भइसकेका छन भने वडा नम्वर २ मा जनमत पार्टीका सिकेन्दर साह विजयी भइसकेका छन । हाल वडा नम्वर ३ र ४ को मतगनणा जारी छ भने वडा नम्वर ५,६ र ७ को मत गिन्ती हुन बाँकी नै छ ।

प्रतिक्रिया