२०८२ साल मङ्सिर ३ गते मङ्गलबार

तिलाठीमा अन्तर्राष्ट्रिय स्तरकाे कुस्ती प्रतियोगिता

राजबिराज , १४ माघ । सप्तरीको तिलाठीमा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता शनिबारदेखि शुरुभएको छ ।

प‍ञ्चायत विरुद्धको आन्दोलनमा बेपत्ता पारिएका साकेतचन्द्र मिश्रको स्मृतिमा करिबकरिब ३ दशकदेखि सरस्वती पूजाकाे अवसरमा कुस्ती हुन थालेको पूजा समितिका अध्यक्ष अजितकुमार मिश्र पप्पुले जानकारी दिए । 

शुरुआतमा स्थानीय स्तरमै कुस्ती गराए पनि पछिल्ला वर्षहरूमा  अन्तर्राष्ट्रिय स्तरका पहलमानहरु बाेलाई स्थानीयहरुकै आर्थिक सहयोगमा संचालित रहँदै आएको कुस्ती प्रतियोगिताका रेफ्री नबनीत झाले जानकारी दिए ।

माघ १४ गतेदेखि १७ गतेसम्म तीन दिन चल्ने प्रतियोगितामा नेपाल तथा भारतका महिला र पुरुष पहलमान गरी कुल २५ जना पहलमानको सहभागिता रहेको छ । आज कुस्ती प्रतियोगिताका पहिलो दिन तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डल, वडाध्यक्ष दिनेश्वर मिश्रले उद्घाटन गरे ।

प्रतिक्रिया