राजबिराज, ७ पुस । सप्तरीको १८ वटै स्थानीय तहहरुमा रहेका भुमिहिन, दलित, विपन्न तथा सुकुम्बासीहरुलाई जग्गा लालपुर्जा उपलब्ध गराउन राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल जिल्ला शाखा सप्तरीले सहजिकरण गर्ने भएको छ ।
बुधबार राजबिराजमा Pepole in Nepal, CSIC र UKaid काे सहयोगमा भुमि सम्बन्धि ऐन नियमावली तथा आयोगकाे कार्यविधि बारे दिगो समाधान सम्बन्धि सम्पन्न अभिमुखीकरण कार्यक्रममा वितरण गरेकाे लालपुर्जाकाे स्वामित्व कायम हुनेगरी जग्गा वितरण गर्नु पर्नेमा वक्ताहरूले जाेड दिए ।
वितरण गरेका र अब लालपुर्जा वितरण गर्ने लागेका जग्गाको नाप नक्शा, मालपोतमा श्रेस्ता, लगत कट्टी लगायतका सम्पुर्ण व्यवस्थापन गरी वितरण गरेमा जग्गाको स्वामित्व रहने र सम्बन्धि व्यक्तिले सहज तरिकाले भाेगचलन गर्ने गरी पुर्जा वितरण गर्नु पर्ने भनी कार्यक्रममा वक्ताहरुले जानकारी गराएका छन् ।
राष्ट्रिय भुमि अधिकार मञ्च नेपाल जिल्ला शाखा सप्तरीकाे अध्यक्ष सुरहित सदाकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति सप्तरीको सभापति शिवनारायण साहकाे प्रमुख आतिथ्य र भुमि आयोग सप्तरीका अध्यक्ष हरेराम यादवकाे विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा नापी अधिकृत आमेन्द्र कुमार गाेईत, आयोका सदस्य अनार कुमारी चाैधरी, बरिस्ठ पत्रकार बैधनाथ झा, पुर्व सांसद असर्फी सदा मालपोत कार्यालयका प्रतिनिधि, सहभागी फुलाे देवी खंग लगायतले आफ्ना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन मञ्चमा सामाजिक परिचालक युक्ति मरिकले गरेका थिए ।