राजविराज, २४ श्रावण । जिल्ला प्रशासन कार्यालय सप्तरीले कार्यालयको फोटो, भिडियो नखिच्न उर्दी जारी गरेको छ ।
कार्यालयले श्रावण २३ गतेकाे मिति राखेर २३ गते उक्त सूचना जारी गर्दै फोटो र भिडियो नखिच्न उर्दी जारी गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीले जारी गरेको सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्र पत्रिकामा राखेको पाइएकोले कर्मचारीको ब्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संबेदनसिलताका कारण आदेशानुसार याे सूचना जारी गरिएको उल्लेख छ ।
सूचनाको विपरीत गतिविधि गरे/गराइएकाे पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने चेतावनी पनि दिइएको छ ।