२०८१ साल चैत ९ गते अाईतबार

छिन्नमस्ता गाउँपालिकाले एकै दिन गरे दुई वडामा स्वस्थ्य चाैकी उदघाटन

राजबिराज, २५ माघ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले एकै दिन दुई वडामा स्वास्थ्य चाैकी उदघाटन गरेको छ ।

शुक्रबार एक कार्यक्रमकाे आयोजना गरी वडा नम्बर ६ काेचाबखारीमा र वडा नम्बर ७ हाट्टीमा आधारभूत स्वास्थ्य चौकी उदघाटन गरेकाे हाे ।

उदघाटन कार्यक्रमकाे प्रमुख आतिथ्यकाे रुपमा गाउँपालिका अध्यक्ष विद्यान्नद चाैधरीले स्वास्थ्य चाैकी स्थापना केवल भवनको उद्घाटन मात्र नभई, जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने हाम्रो प्रतिबद्धता र उपलब्धि रहेको बताउनु भयो । 

विगतमा स्वास्थ्य चौकीको अभावले गर्दा बिरामीले सामान्य स्वास्थ्य उपचारसमेत नपाउँदा ज्यानसम्म गुमाउनु पर्ने, विभिन्न जोखिम मोलेर उपचार खोज्नुपर्ने अवस्था थियो। अब यो पीडाबाट जनताले उन्मुक्ति पाउने कुरामा अध्यक्ष चाैधरीले जाेड दिनुभयो ।


त्यसैगरी यस स्वास्थ्य चाैकीबाट करिब १९५० घरधुरीका १० हजारभन्दा बढी जनता लाभान्वित हुने कुरा राख्दै यसअघि पनि गाउँपालिकाले पालिकाले आफ्नै ल्याबमार्फत ७२ प्रकारका रगत जाँचको सेवा प्रदान गर्दै आएको र  अब पालिकाले आफ्नै बजेटबाट स्वास्थ्य चौकीहरूलाई थप सबल बनाउन एम बि बि एस चिकित्सकको व्यवस्थाका लागि पहल गरिसकेको अध्यक्ष चाैधरीले जानकारी दिदै पालिकाकाे जनतालाई स्वास्थ्य सेवाको अभावमा पीडित हुन नदिने दृढप्रतिज्ञ सहित प्रतिबद्धता समेत जनाउनु भयो ।

दुवै स्वास्थ्य चाैकी उदघाटन कार्यक्रम वडा नम्बर ६ का अध्यक्ष कपिलेश्वर साह र वडा नम्बर ७ का अध्यक्ष अच्छेलाल यादवकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा पालिकाकी उपाध्यक्ष राजुदेवी यादव, वडा नम्बर एकका वडा अध्यक्ष ललन कुमार यादव, २ का वडा अध्यक्ष सिकेन्द्र साह लगायत स्थानीयहरुकाे उल्लेखनीय सहभागीता रहेको थियोे ।

प्रतिक्रिया