राजबिराज, ७ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ (क) मा नेपाली कांग्रेसका मो. समिम निर्वाचित भएका छन् ।
समिमले १० हजार ६ साय ३० मत ल्याएर दाेस्राेपटक निर्वाचित भए भने त्यही उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका रामप्रसाद मण्डल राजधोवले ८ हजार ५ साय ३८ मत प्राप्त गरे ।
समिम २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।