२०८३ साल ब‌ैशाख ३ गते बिहिबार

श्रेष्ठकाे निधनप्रति सप्तरी फाेटाेग्राफर संघ द्वारा दुख व्यक्त

राजबिराज, ३० चैत । सप्तरी फोटोग्राफर संघका सदस्य कालु श्रेष्ठको असमाहिक निधन प्रति फोटोग्राफर संघले दुःख व्यक्त गरेको छ ।

विहीबार संघका अध्यक्ष रमेश कुमार राउतले एक शोक सन्देश जारी गर्दै  यस दुःखद घडीमा परिवारजनलाई माता कंकालिनी भगवतीले धैर्य धारण गर्ने शक्ति प्रदान प्रदान गरुन् भन्ने कामना गरेको छ। 

स्वर्गीय श्रेष्ठको शोकमा संघले शनिवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका सबै फोटो स्टुडियो बन्द रहनेछ । साथै जिल्लाका अन्य ठाउँमा शनिवार दिउँसो १२ बजे सम्म स्टुडियो बन्द रहने संघ द्वारा जारी शोक सन्देशमा उल्लेख गरिएको छ।

हनुमाननगर कंकालिनी नगरपालिका -१ भारदह घर भएका स्वर्गीय श्रेष्ठ सुरेश डिजिटल स्टुडियो भारदहमा कार्यरत रहेको थियो ।

प्रतिक्रिया