२०८३ साल ब‌ैशाख २० गते अाईतबार

भोली राजबिराजमा भगवान श्री जगन्नाथको रथयात्रा हुँदै

कृृष्ण मण्डल
राजबिराज , २९ मंसिर । सप्तरीको राजबिराजमा भोली शनिबार अर्थात मंसिर ३० गते दोस्रो पटक भगवान श्री जगन्नथाको रथ यात्रा हुने भएको छ ।

श्री जगन्नाथ रथयात्रा आयोजक समितिले शुक्रबार राजबिराजको कृष्ण मन्दिर प्रांगनमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएका हुन । 

जगन्नाथ रथयात्रा महा-महोत्सभ २०८० नाम दिएको रथयात्राको अगामी ३ दिन प्रत्येक साझँ कथा र किर्तन कार्यक्र हुँदै आएको छ र भोली विशाल रुपमा रथयात्रा हुने जसमा करिब २५ हजारको संख्यामा भक्तजनहरुको सहभागिता रहने समितिका संयोजक हितेश यादवले जानकारी दिनुभायो ।

राजबिराज ७ स्थित ल्क्ष्मी नारायण राधाकृष्ण मन्दिर, हटिया बाट भोली शनिबार बिहन ९ बजेर ३० मिनेटमा रथयात्रा शुरु भई पुरै नगर परिक्रमा गरी पुन मन्दिरमा आएर समापन हुने कुरा यादवले जानकारी दिनुभयो ।

भोली निकालिने श्री जगन्नाथ भगवानको रथ संगसंगै राम र सिताको पनि रथयात्रा निकालिने र पछि पछि विभिन्न खालै झाखी प्रर्दशन गरिने छन जसमा स्थानीय पहिरन रहने छन ।

भारतको उडिसा राज्यको जगन्नाथ पुरी बाट यसको शूरुवात भए र यहाँ हरेक वर्ष डिसेम्वर महिनामा रथयात्रा हुने गरेको छ । तर उक्त रथयात्रा विश्वको कुनै न कुनै स्थानमा १२ महिनै हुँदै आइरहेको र राजबिराजमा पनि यो दोस्रो वर्ष मनाउन लागिएको संयोजक यादवले जानकारी दिनुभयो ।

करिब १५ लाखको लागतमा हुन लागेको रथयात्रालाई भव्य र सभ्य बनाउनको निमति ११ सदस्यीय समिति र राजबिराज नगरपालिकाको १६ वटै वडाका वडा अध्यक्ष कार्यवाहक मेयर सहित १९ जनाको सल्लाहकार समिति गठन गरिएको छ ।

सबैको सहभागिता रहने र राजबिराजलाई उत्सव मै बनाउन यस्तो धार्मिक कार्यक्रम गर्न लागिएको राजबिराज ७ का वडा अध्यक्ष सुभाष यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया