२०८३ साल ब‌ैशाख ४ गते शुक्रबार

रुपनी गाउँपालिका अध्यक्ष–उपाध्यक्षले दिए राजिनामा

राजबिराज,०९ बैशाख । सप्तरीको रुपनी गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित १७ जना जनप्रतिनिधि र एक सामाजिक परिचालकले शुक्रबार सामुहिक राजिनामा दिएका छन् । स्थानीय तह निर्वाचमा उमेदवार बन्ने निश्चित भएपछि उनीहरुले सामुहिक राजिनामा दिएका हुन् ।

राजीनामा दिनेहरुमा गाउँपालिका अध्यक्ष हरेराम यादव, उपाध्यक्ष बेचनी देवी सरदार, वडा नम्बर २ का वडा अध्यक्ष दाना लाल साह, ३ का अध्यक्ष अमर मुखिया, ४ का अध्यक्ष छेदी ईसर, वडा नम्बर ५ का अध्यक्ष जगदीश दास, वडा नम्बर ६ का कार्यबाहक अध्यक्ष बद्री नारायण चौधरी छन् । यसैगरी कार्यपालिका सदस्य सीता देवी साह, भुपिया देवी खंग, वडा सदस्यहरु १ बाट विरेन्द्र चौधरी, ३ बाट गुनेश्वर प्रसाद संत, मोहन प्रसाद तेली, जानकी देवी मण्डल, वडा नम्बर ४ बाट सुर्य नारायण साह, धनिचन्द मण्डल खत्वे, वडा नम्बर ५ बाट धनराज लाल दास वडा नम्बर ६ बाट बेचन प्रसाद साह र सामाजिक परिचालक प्रभा कुमारी पुलामी रहेका छन् ।

निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिले उम्मेदवार बन्नको लागि राजिनामा दिनैपर्ने बाध्यात्मक ब्यबस्था अनुसार उनीहरुले पदबाट राजिनामा दिएका हुन् । राजिनामा दिने जनप्रतिनिधिहरुले आगामी बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा फेरी उम्मेदवार बन्ने निश्चित भएको जनाएको छ ।

प्रतिक्रिया