कृष्ण मण्डल
सखडा, सप्तरी, १४ असाेज । मुलुककै प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरमा बडा दशैंको अवसरमा दाेस्राे पटक हेलिकप्टरबाट पुष्प वर्षा हुने भएको छ ।
मन्दिर समितिकाे सहयोगमा नेपाली सेनाको हेलिकप्टरमार्फत् भाेली बुधबार बिहान १० देखि ११ बजेकाे बिचमा पुष्पवृष्टि हुने मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।
बडा दशैकाे नवमीकाे दिन दाेस्राे पटक नेपाली सेनाको हेलिकप्टरबाट मन्दिरको चारैतिर पुष्प वर्षा गरिने मन्दिरका मुलपुजारी भुवन ठाकुरले जानकारी दिए ।
‘धार्मिक आस्था र मातृशक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप हामीले नवमीको दिने पुष्प वर्षा गर्न लागेको हौैं` ।
छिन्नमस्ता शक्तिपीठलाई शक्ति र साहसको प्रतीक मानिन्छ । पहिलोपटक वितेकाे वर्ष पुष्पवृष्टी गरिएको थियो ।