२०८१ साल चैत ९ गते अाईतबार

आयोगकाे इतिहासमै शाखा अधिकृतको परिक्षामा बढी सहभागिता

काठमाडौ, २६ माघ । शनिबार लिइएको शाखा अधिकृतको प्रवेश परीक्षामा सहभागीको संख्या आयोगको इतिहासमा नै सबैभन्दा बढी रहेको बताइएको छ । 

आयोगका अनुसार आयोगमा दरखास्त दिएका २३ हजार ७ सय ४२ जनामध्ये ८८ दशमलव ६८ प्रतिशत अर्थात् २१ हजार २७ जना परीक्षामा सहभागी भएका थिए । परिक्षामा सहभागी भएका मध्ये पुरुषको संख्या १४ हजार ६ सय ७५ रहेको छ भने महिलाको संख्या ६ हजार ३ सय ३२ जना रहेका छन् । 

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले शाखा अधिकृतको प्रवेश परीक्षामा युवायुवतीहरूको अभूतपूर्व सहभागिता रहेको बताउँदै भन्नुभयो– ‘लोकसेवा आयोगप्रतिको आस्था, विश्वास र भरोसा अत्यधिक बढ्न थालेको छ। शनिबारको शाखा अधिकृतको प्रवेश परीक्षामा भएको सहभागिताले यसको पुष्टि गरेको छ। यसले आयोगको साख अझै बढाएको छ।’

उहाँले शनिबारको उपस्थिति अभूतपूर्व रहेको र यसले आयोगलाई काम गर्न उत्साहित तुल्याएको बताउनुभयो ।

प्रतिक्रिया