२०८३ साल ब‌ैशाख १६ गते बुधबार

१०० दिनमा ५१ कामको शुरुआत : मधेसका मुख्यमन्त्री कृष्ण प्रसाद यादव

जनकपुरधाम, ३ चैत । मधेश प्रदेश सरकार का मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सरकार गठन भएको १०० दिनमा ५१ वटा कामको शुरुआत गरिएको दाबी गर्नुभएको छ।

आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आर्थिक विकास, सुशासन र समृद्धिको एजेन्डामा केन्द्रित भएर काम अघि बढाइएको बताउनुभयो।

मुख्यमन्त्री यादवले १०० दिनमध्ये करिब आधा समय निर्वाचन आचारसंहिताका कारण प्रभावित भएको र बाँकी समय निर्वाचन तयारीमै बितेको उल्लेख गर्नुभयो।

उहाँका अनुसार निम्न वर्गका नागरिकलाई लक्षित गर्दै ई–रिक्सा तथा ट्र्याक्टर चालकलाई मौखिक अन्तर्वार्ताको आधारमा लाइसेन्स दिने निर्णय गरिएको छ।

त्यसैगरी, नदी तथा खोलामा थुप्रिने बालुवा–गिट्टी निकासीका लागि संघ सरकारसँग अनुमति माग गरिएको र यसबाट प्रदेशको आम्दानी बढ्नुका साथै कृषि योग्य जमिन जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

साथै, तराई–मधेश क्षेत्रमा देखिने खानेपानी समस्या समाधान गर्न निर्माणाधीन ओभरहेड ट्याङ्क सञ्चालनमा ल्याउन चाँडै पहल गरिने उहाँको भनाइ छ।

प्रतिक्रिया