२०८३ साल ब‌ैशाख १६ गते बुधबार

डिक्का बाैद्धक समाजले ७५ जना कर्मचारीलाई सम्मान गर्दै दिए शुभकामना

राजबिराज , २ मंसिर । बडा दशै, दिपावली र छठ पर्वको अवसरमा डिक्का बौद्धिक समाज सप्तरीले शुभकामना आदान प्रदान एवं सम्मान गरेको छ । 

शुक्रबार डिक्का बौद्धिक समाज सप्तरीकाे अध्यक्ष कृष्ण मण्डलको अध्यक्षतमा आयोजित कार्यक्रमकाे प्रमुख अतिथि मधेस प्रदेशको माननीय सभामुख श्री रामचन्द्र मण्डलले गर्नुभएको थियाे भने विशिष्ट अतिथिको रुपमा पूर्वसांसद रानी मण्डल, पूर्वसांसद अशोक कुमार मण्डल, मधेसी नागरिक समाजका केन्द्रीय संयाेजक गणेश कुमार मण्डल, डिक्का महासंघकाे उपाध्यक्ष सनत मण्डल रडिक्का बाैद्धिक समाजकाे संस्थापक  अध्यक्ष गजेन्द्र मण्डल शुभकामना मन्तव्य दिनुभएको थियाे ।

त्यस्तै नेपाल पत्रकार महासंघ सप्तरीको पुर्व अध्यक्ष विष्णु मण्डल, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल, महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल मण्डल, डिक्का संघ सप्तरीका अध्यक्ष राजेशर राय लगायतले पनि शुभकामना दिएका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका डिक्का समुदायका ३ वर्ष भित्रका ४५ जना लाेकसेवा, शिक्षक सेवा र सार्वजनिक संस्थानमा नवप्रवेशीलाई र ३ वर्ष भित्र ३० जना सेवाबाट अवकाश कर्मचारी, वरिष्ठ राजनीतिकर्मी, समाजसेवी, लगायतका व्यक्तित्वहरुलाई प्रमुख अतिथि सभामुख मण्डल र डिक्का बाैद्धिक समाजका अध्यक्षले गम्छा, सम्मान पत्र, फुलेको माला र अबिर लगाई सम्मान गरेका थिए । 


विश्व राजनीति अर्थशास्त्रकाे भरमा चलेको छ : सभामुख मण्डल 

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले अहिलेको विश्व राजनीति अर्थशास्त्रको भरमा चलेको बताएका छन् । 

कार्यक्रमलाई प्रमुख अतिथिको आसन्नबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भयो ।

उहाँले कुनै पनि जातजाती, समुदाय र राष्ट्रको उत्थानका लागि राजनीतिक र अर्थशास्त्र महत्वपूर्ण विषय भएको बताए । उहाँले भन्नुभयाे, यो दुबै बिना कुनै पनि जातजाती, समुदाय, समाज र राष्ट्रको विकास सम्भव छैन् ।”

सम्बोधनकै क्रममा उहाँले सबल अर्थतन्त्र र सबल राजनीतिका कारण विश्वमै बलियो राष्ट्र मध्येका एक मानिएको उत्तर कोरियाको उदाहरण दिँदै भने, “उत्तर कोरिया अहिले विभिन्न ५२ वटा राष्ट्रबाट नाकाबन्दीको सामना गरिरहे पनि त्यहाको राजनीति र अर्थतन्त्र दुबै सबल हुँदा कुनै फरक परेको छैन् ।”

कार्यक्रममा शुभकामना दिँदै मधेशी नागरिक समाजका केन्द्रिय संयोजक गणेश कुमार मण्डलले मधेश प्रदेशमा सुशासन कायम गर्न डिक्का समुदायका व्यक्तिलाई नेतृत्वको जिम्मेवारी दिनु पर्नेमा जोड दिए । ठूला दल भनाउँदाले उनीहरुलाई व्यक्तिगत स्वार्थका लागि मात्र प्रयोग गर्ने र अवसरबाट बञ्चित गराउने गरेको उनले आरोप समेत लगाए ।

प्रतिक्रिया