राजबिराज, १८ चैत । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरौं प्रतिगामी तत्वलाई परास्त गरौ भन्ने मुल उदेश्य राखी आज राजबिराजमा खबरदारी स्वरुप नेकपा एमालेले विशाल मोटरसाइकल र्याली निकालेको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी सप्तरीको अगुवाईमा सोमबार दिउँसो हजारौको संख्यामा विशाल मोटरसाइकल र्याली निकालिएको हो ।
र्यालीमा संघीय लोकतान्त्रिक गणत्रण जिन्दावाद, प्रतिगमन मुर्दावाद, हिंसा,हत्या र लुटपाट मुर्दावाद, जन्मसिद्द क्षेष्ठता अस्वीकार गरौ, दाश र रैती बन्न मञ्जुर छैन, हत्यारालाई कारबाही गर, शान्ति सुव्यवस्था कायम गर, सामाजिक अराजकता मुर्दावाद, जनताको बहुललिय जनवाद जिन्दावाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाउँदै मोटरसाइलक र्याली प्रदर्शन गरेको हाे ।
एमाले पार्टी कार्यालाय मदननगरबाट निकालिएको र्याली राजबिराज नगरपरिकमा गरी स्थानीय नेता चौकमा गएर कोण सभामा परिणत भएको थियो । कोण सभालाई नेकपा एमाले पोलिट व्युरौ सदस्य तथा इन्चार्ज सुमनराज प्याकुरेलले यो टेलर मात्रै भएको र पुरा फिल्म अहिले बाँकी ने रहेकोले अराजक तत्वहरुलाई तहलगाएरै छाडने बताउनु भएको छ ।
त्यसतै नेकपा एमाले सप्तरी अध्यक्ष तराकान्त चाैधरीले पनि राजतन्त्रको विरोध गर्दै सभालाई सम्बाैधन गरेका थिए ।